मेयर बालेन शाह र भीम रावलबीच ‘रोचक’ सवाल–जवाफ

 मङि्सर १६, २०७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले नेता भीम रावलको अमेरिकी राजदुतलाई भेटेको टिप्पणीको जवाफ दिएका छन् ।बालेनले सामाजिक सञ्जालमार्फत अमेरिकी राजदुतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र भेट गरेको जानकारी गराएका छन् ।

साथै बालेनले नेता रावललाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको बताउदै राजदुतले आर्थिक सहयोगको प्रस्ताव ल्याउदा आफुहरुले अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएको बताएका छन् ।

Public Patra Insert into Post

बालेनले एमसीसीको प्रसंग समेत उल्लेख गर्दै एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा राजदुतसँग व्यक्त गरेको समेत उल्लेख गरेका छन् ।

बालेनले भनेका छन्- 
अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । 

हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2