माओवादी सत्ता समीकरणकालागि सबैसंग खुला छलफल गर्न तयार

 मङि्सर १७, २०७

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ ।आज शनिबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रष्ट्याएको हो ।

माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारूढ गठबन्धनमा दवाव पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको बताइएको छ ।

Public Patra Insert into Post

निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो ।

दोस्रो, बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन । र, अन्य अपशन पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन ।’सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीका उपाध्यक्ष महराले भने

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2