दोलखा प्रेदश सभा ‘क’ बाट कुन्दनराज काफ्ले निर्वाचित हुने पक्कापक्की,बागमतीको मुख्यमन्त्रीमा चर्चा

 मङि्सर १८, २०७

दोलखा प्रेदश सभा ‘क’ बाट बागमती प्रदेश सदस्यमा उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले भारी मत सहित निर्वाचित हुने निश्चित जस्तै भएको छ ।

दोलखाबाट काफ्लेको जित सुनिश्चित भएसँगै बागमती प्रदेशमा अव बन्ने प्रदेश सरकारमा काफ्लेको मुख्यमन्त्रीमा बलियो दावेदारी रहने चर्चा सुरु भएको छ । मुख्यमन्त्रीका लागि अहिलेसम्म इन्द्र बानियाँ र बहादुर सिंह लामाको पनि चर्चा छ ।

Public Patra Insert into Post

तर, दुवैजना केन्द्रमा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर निकट नेताबीच आपसमा रस्साकस्सी भइरहँदा कांग्रेस भित्रै काफ्ेलेको पनि चर्चा हुन थालेका हुन् ।अहिले चर्चामा आएका नामहरुमध्ये काफ्ले युवा उमेरमा राम्रो राजनीतिक छवि बनाएका नेता भित्र पर्छन् ।

कृष्ण सिटौला निकट मानिने काफ्ले महामन्त्री गगन थापासँग पनि निकठस्त मानिन्छ । सिटौला र महामन्त्री थापा दुवै जनाको साथमा काफ्ेले मुख्यमन्त्री बन्ने सम्भावना बढेको देउवा निकटका नेताहरु नै बताउँछन् ।

काफ्ले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठ भन्दा तिन हजार दश मतान्तरका साथ अगाडि छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2