पुतली जस्तो सरकार बनाउनु भन्दा एमालेसँग मिलेर जान देउवालाई ओलीको सन्देश

 मङि्सर १८, २०७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पुतली जस्तो सरकार बनाउनु भन्दा बलियो सरकार वनाएर जान’ कांग्रेस सभापति शेरवहादुर देउवालाई कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत सन्देश पठाएका छन् ।

बालकोटको भेटमा प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाइ साटा साटसँगै आगामी सत्ता सहकार्यबारे कुराकानी भएको श्रोतले दावी गरेको छ।

Public Patra Insert into Post

ओलीसँग भएको कुराकानीबारे सिंहले बुधबार बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गरेका थिए । ओलीले ‘सत्ता गठबन्धनमा बहुमत पुग–नपुग भएकाले मिलेर जान सकिने कुरा सभापतिलाई भन्नुहोला’ भन्दै सिंहलाई सन्देश पठाएको पाईएको छ।

‘पुतली जस्तो सरकार बनाउनु भन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईको सभापतिलाई भन्नुहोला’ भन्दै ओलीले सन्देश पठाएका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2