दोलखा प्रदेश ‘क’ बाट कांग्रेसका कुन्दराज काफ्ले विजयी

 मङि्सर १८, २०७

दोलखा प्रदेश ‘क’ बाट  नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

आज सम्पन्न भएको मतगणनाअनुसार नेकपा (एमाले)का उमेदवार नरबहादुर श्रेष्ठलाई पराजित गर्दै कांग्रेसबाट उमेदवार बनेका काफ्ले विजयी  भएका हुन् ।

Public Patra Insert into Post

काफ्ले प्रदेशमा विजयी भएसँगै २७ वर्षपछि कांग्रेसले त्यहाँ आफ्नो शाख फर्काएको छ । २०५२ सालको उपनिर्वाचनमा स्व. भीमबहादुर तामाङ निर्वाचित भएका थिए । त्यसपश्चात् त्यहाँ कांग्रेसका कुनै पनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।

काफ्लेले २३ हजार २३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी रहेका एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे ।अन्तिम मतपरिणामअनुसार काफ्ले सात हजार ८७५ मतान्तरले विजयी भएका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2