धनगढीमा प्रधानमन्त्री देउवालाई १५ किलोको माला

 मङि्सर २२, २०७

धनगढीमा आज देखि शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाइएको छ ।

सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग बाणिज्य संघले विभिन्न १५ बुँदे माग राख्दै सांकेतिक स्वरुप १५ किलोको माला लगाएको हो ।

Public Patra Insert into Post

२०६३ सालमा २१ बुँदे मागबाट शुरु भएको महोत्सवमा अहिलेसम्म आइपुग्दा केही मागहरु पूरा भएकोले यस वर्ष प्रमुख अतिथिलाई १५ किलोको माला लगाइएको संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले बताए ।

संघले भारतसंग जोडिएको गौरिफण्टा नाका, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, गौरिफण्टादेखि चिनको मानसरोवर जोड्ने सडक, प्रर्दशनीस्थलको व्यवस्था, आईटी हब लगायतका माग रहेको संघका वरिष्ठ उपाध्यक्ष ओझाले बताए ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2