नवनिर्बाचित प्रदेश सांसद समिरको सक्रियता : मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

 मङि्सर २२, २०७

सिन्धुपाल्चोक । मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्वे गरिएको छ । नवनिर्बाचित प्रदेश सभामा संसद कृष्ण कुमार तामाङ समिरको अगुवाइमा मेलम्चीमा सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्वे गरेको हो ।

मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाई र ५ दशमलब ६० मिटर चौडाई पुलको आज सर्वे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिनुभयो । त्यस्तै फट्टेमा ८७ मिटर लम्बाई र ७ मिटर चौडाई पुलको पनि सर्वे गरिएको छ ।

Public Patra Insert into Post

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम नागरिक समक्ष गरेको बाचा पुरा गर्नका लागि काम सुरु गरिएको बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ समीरले बताउनुभयो । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सघीय सांसद मोहन बहादुर बस्नेतको पहलमा काम सुरु भएको तामाङले जानकारी दिनुभयो । बस्नेतले जेठ मसान्तसम्ममा सो स्थानमा बेलिब्रिज निर्माण गरिसक्ने बताउनुभएको थियो ।

पक्की पुल बाढीले बगाएपछि मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र पाँंचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकले सास्ती भोग्दै आइरहेका थिए । सो पुल बन्दा मेलम्ची, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका नागरिक लाभान्वित हुने छन् । तत्कालको लागि बेलिब्रिजको लागि काम सुरु गर्ने र क्रमिक रुपमा पक्की पुलको काम पनि अगाडि बढ्ने नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । फट्टे हुँदै दुवाचौर र तालामाराङ बाट भटार दुवाचौर जोड्ने पुलका लागि आज सर्वे गरिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2