बैतडीमा जिप दुर्घटनामा चालकको मृत्यु

 मङि्सर २३, २०७

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।

डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका-१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो ।

Public Patra Insert into Post

चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2