हिंसा मुक्त कार्यस्थल ट्रेड युनियन कांग्रेसको प्रमुख मुद्दा : अध्यक्ष आचार्य

 मङि्सर २४, २०७

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसको प्रमुख मुद्दा हिंसा र विभेद मुक्त कार्यस्थल रहेको बताउनु भएको छ ।

शुक्रबार युनियनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा यस्तो विचार राख्नुभएको हो । उहाँले कामको संसारमा हुने हरेक विभेद र हिंसाको अन्त्य गर्न सबै पक्ष सचेत हुनुपर्ने बताउनु हुँदै आई.एल.ओ. अभिसन्धी १९० अनुमोदन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

Public Patra Insert into Post

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले लैङ्गिक हिंसाबारे कानुन भए पनि कार्यान्वयन फितलो रहेकोले पिडितलाई फास्ट ट्रायकबाट न्याय दिलाउनु पर्ने बताउनुभयो । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष नेत्र विक्रम थापाले महिला हिंसा रोक्न महिलाहरु पनि उत्तिकै सजग हुनुपर्ने विचार राख्नुभयो । उपमहासचिव गणेश के.सि. र राधिका कुईकेलले कामको संसारमा हुने हिंसाबारे सचेतना जगाउदै सशक्तीकरण र नीति निर्माण तहमा श्रमिक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभयो । सहकोषाध्यक्ष शुसिला घिमिरेले महिला हिंसा रोक्न कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

यसैगरी ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङले लैङ्गिक हिंसाबारे सबै सदस्यहरुलाई सचेतना जगाउदै अभियान संचालन गरि कामको संसारमा हुने विभेद र हिंसा विरुद्धको आई.एल.ओ. अभिसन्धी १९० पारित गर्न सरकारलाई सशक्त दबाब दिनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य चन्दन झा, देवदत्त बडुले लैङ्गिक हिंसा गर्नेलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो ।

ट्रेड युनियन कांग्रेसका विभिन्न तहका नेतृत्व उपस्थित कार्यक्रममा पत्रकार बबिता बस्नेतले लैङ्गिक हिंसाको वर्तमान अवस्था र आई.एल.ओ.अभिसन्धी१९० बारे ट्रेड कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2