ट्रेड युनियन कांग्रेस महाधिवेशन: काउनले पुष २-३ गते गर्दै

 मङि्सर २७, २०७

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन नजिकिएसंगै आबद्ध संघहरुको अधिवेशन शुरु भएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध २७ वटा संघहरुमध्ये महत्त्वपूर्ण संघ नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ( काउन ) को केन्द्रीय अधिवेशन यहि पुष २ र ३ गते बुटवलमा हुँदै छ भने अन्य संघहरुको पनि धमाधम जिल्ला अधिवेशन भईरहेका छन् ।

Public Patra Insert into Post

काउनको ६३ भन्दा बढी जिल्लामा संगठन रहेको र ३० हजार भन्दा बढी सदस्य संख्या छन् । बुटवलमा हुने केन्द्रीय अधिवेशनमा करिब ३०० प्रतिधिनिहरुले भाग लिने काउनका महासचिव प्रदिप आचार्यले जानकारी दिए ।

आबद्ध संस्थाहरुको अधिवेशन शुरु भएसंगै छाता संगठन ट्रेड युनियन कांग्रेसमा पनि महाधिवेशनको सरगर्मी बढेको देखिन्छ । ट्रेड युनियन कांग्रेसले फागुनमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

ट्रेड युनियन कांग्रेस, कांग्रेसको भातृ एवं शुभेच्छुक संस्थाहरुमध्ये विधान अनुसार नियमित महाधिवेशन , वार्षिक सम्मेलन , बैठक र विभिन्न क्रियाकलाप समयमा गर्ने एकमात्र संगठन हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2