काभ्रेमा रिजर्भ बस दुर्घटना हुँदा १७ भन्दा भढीको मृत्यु,अन्य घाइते

 मङि्सर २७, २०७

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा रिजर्भ बस दुर्घटना हुँदा दर्जन भन्दा बढिको मृत्यु भएको छ ।मंगलबार साँझ ६ बजेतिर बेथानथोक–५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा १७ को मृत्यु भएको छ, भने २० जना गम्भीर घाइते भएका छन् । अहिले घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शिर मेमोरियलमा १४ जनाको उपचार भइरहेको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्दार कार्य जारी राखेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2