निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचित भएका सांसद घोषणा गर्दै

 मङि्सर २८, २०७

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ चयन भएका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ।

दलहरूले पाएका सिटमा पेश गरेका नामावलीलाई आयोगले आज दिउँसो १ बजेपछि समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्ने एक आयुक्तले जानकारी दिए।

आयोगले प्रतिनिधि सभाका ११० सिट र प्रदेशका २२० सिटमा सांसदहरू निर्वाचित भएको घोषणा गर्ने र निर्वाचित भएकाहरूलाई प्रमाण पत्र दिने तयारी गरेको हो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2