मोरोक्कोलाई २-० गोलले हराउँदै फ्रान्स फाइनलमा

 मङि्सर २, २०७

२०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

कतारको अल बेत रंगशालामा भएको सेमिफाइनलमा फ्रान्सले मोरोक्कोविरुद्ध सहज जित निकाल्यो । फ्रान्सको जितमा थेओ हेर्नान्डेज र रान्डल कोलो मुआनीले गरे गरे । पहिलो हाफको सुरुमै एक गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो ।

Public Patra Insert into Post

यो जितसँगै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब फ्रान्सले विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग फाइनलमा खेल्नेछ । फाइनल खेल पुष ३ गते हुनेछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2