चुनावी प्रतिवेदन बुझाउन आयाेगकाे टाेली शीतल निवासमा

 मङि्सर २, २०७

मंसिर ४ गते सम्पन्न चुनावी नतिजाको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन निर्वाचन आयोगको टोली शीतल निवास पुगेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।

सोही अनुसार आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्न आयोगको टोली शीतल निवास पुगेको हो ।

Public Patra Insert into Post

प्रदेशसभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखहरूसमक्ष प्रस्तुत गरिने कार्यक्रम छ । आयोगले प्रतिवेदन बुझाएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आह्वान हुनेछ ।

४ मंसिरमा भएको चुनावबाट प्रत्यक्षमा प्रतिनिधिसभामा १६५ र प्रदेशमा ३३० जना विजयी भएका छन् । समानुपातिकबाट प्रतिनिधिसभामा ११० र ७ प्रदेशमा २२० गरी ३३० सांसद विजयी भएका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2