लुम्बिनीमा दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ दान संकलन

 पुष ०२, २०७

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार दानपेटिकाको भेटी गणना सकाएको हो ।

अघिल्लोपटक तीन महिनामा एकपटक गणना गरिएकामा योपटक दानपात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना गरिएको हो ।

Public Patra Insert into Post

कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको छ ।लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्र ८२ हजार २०५ आन्तरिक पर्यटकले भ्रमण गरेका छन् ।

यस्तै, यस अवधिमा भारतबाट ३८ हजार ६८९, तेस्रो मुलुकबाट सात हजार ४७३ जनाले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2