विश्वकप फुटबल:तेस्रो स्थानका लागि आज क्रोसिया र मोरक्को भिड्दै

 पुष ०२, २०७

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज क्रोसिया र मोरक्को भिड्दै छन् । नेपाली समय अनुसार आजको खेल राति ८:४५ बजे हुदै छ ।

सेमिफाइनलमा पराजित भएका क्रोसिया र मोरक्कोबीच तेस्रो स्थानको लागि भिडन्त हुन लागेको हो ।

Public Patra Insert into Post

सेमिफाइनलमा क्रोसिया अर्जेन्टिनासँग ३-० गोल अन्तरले पराजित भएको थियो भने मोरक्को फ्रान्ससँग २-० गोल अन्तरले पराजित भएको थियो ।

यस विश्वकपमा समुह चरणमा एकै समुहमा रहेका क्रोसिया र मोरक्को यस विश्वकपमा दोस्रो पटक भिड्न लागेका छन् । समुह एफ मा रहेका क्रोसिया र मोरक्को समुह चरणको खेलमा गोल रहित बराबरी खेलेका थिए ।

क्रोसिया र मोरक्कोबीच अहिलेसम्म दुई पटक खेल भएको छ, जसमा एक खेल क्रोसियाले जितेको छ भने यसै विश्वकपमा भएको खेल बराबरी भएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2