लगातार फिल्म हिट भएपछि दयाहाङले बढाए पारिश्रमिक

 पुष ०३, २०७

काठमाडौं । ‘कबड्डी ४’, ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ बक्स अफिसमा हिट भएपछि अभिनेता दयाहाङ राईले पारिश्रमिकमा वृद्धि गरेका छन् ।

लगातार फिल्म हिट भएपछि दयाहाङले पारिश्रमिक वृद्धि गरेका हुन् ।उनले पछिल्लो फिल्म ‘हात्तीछाप’लाई आकर्षक पारिश्रमिकमा साइन गरेका छन् । निर्माता किरण नेपालीले राम्रो रकममा दयाहाङलाई अनुबन्धित गरिएको जानकारी दिए ।

Public Patra Insert into Post

उनी ३० लाख रुपैयाँ पारिश्रमिकमा फिल्ममा अनुबन्धित भएको चर्चा छ ।‘पारिश्रमिक बढी लिने कुरा कन्टेन्टमा निर्भर गर्छ । व्यवसायिक रुपमा फिल्म राम्रो चल्नेछ भने सोहीअनुसारको लिनुपर्छ र कन्टेन्ट राम्रो छ भने कतिपय कुरामा कम्प्रमाइज पनि गर्नुपर्ने हुन्छ,’ उनले भने ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2