मुुलुक अब मध्यावधि निर्वाचनमा जान्छ र कसैले रोक्न नसक्ने वामदेव गौतमको दाबी

 पुष ०३, २०७

काठमाडौं। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले मुलुक अब मध्यावधि निर्वाचनमा जाने बताएका छन् ।

उनले अहिलेको निर्वाचनमा कसैको पनि बहुमत नआएको र संसद्मा दलहरुको उपस्थिति हेर्दा मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढेर गएको दाबी गरे ।

Public Patra Insert into Post

वामदेव गौतमले भने,‘मैले त प्रष्ट रुपमा भनेको छु, कांग्रेस र कम्युनष्टिको सरकार बनाउनु हुँदैन् । कांग्रेसको नेतृत्वमा बन्दा गैरकम्युनिष्टहरुको सरकार बनाउ । कम्युनिष्टहरुले बनाउने हो भने पनि कांग्रेसबाहेकलाई राखेर बनाउ भनेको छु ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तापछि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै गौतमले यस्तो बताएका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2