पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकप

 पुष ०४, २०७

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबको फाइनल खेलमा फ्रान्स विरुद्ध पेनाल्टी सुटआउटमा ४-२ गोलले जित निकाल्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटमा २-२ गोल गरि अतिरिक्त  समयमा १-१ गोल भएपछि खेल ३-३ गोलको बराबरीमा सकिए पछि खेल पेनाल्टीमा आएको हो ।

खेलको २२औं मिनेटमा अर्जेन्टिनाको लागि मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । यस्तै उनले खेलको १०८औं मिनेटमा गोल गरे ।

Public Patra Insert into Post

यस्तै खेलको ३६औं मिनेटमा एन्जेल डिमारियाले गोल गरि २-० गोलको अग्रता दिलाएका हुन् ।

पहिलो हाफमै २-० गोलको अग्रता बनाएको अर्जेन्टिाले दोस्रो हाफमा २ गोल खाएको थियो । एमबाप्पेले एक मिनेटको अन्तरमा २ गोल गर्दै खेल २-२ को बराबरी अबस्थामा फर्काएका थिए । यो सँगै जारी विश्वकपमा एमबाप्पे सातौं गोल गरे ।

यता खेलको १०८औं मिनेटमा अर्जेन्टिनाको लागि कप्तान मेस्सीले गोल गरि ३-२ गोलको जित पक्का गरे ।  यस्तै खेलको ११८ मिनेटमा गोल गरि ३-३ गोलको बारबरी अबस्थामा ल्याएका थिए । यो सँगै मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको छ । यस्तै तेस्रो पटक अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2