राष्ट्रिय टोलिबाट सन्यास लिने होइन,अब विश्वच्याम्पियनको रुपमा खेलिरहन्छु-लियोनल मेस्सी

 पुष ०४, २०७

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले सन्यास लिने कुनै योजना नरहेको बताएका छन्। आइतबार अर्जेन्टिनालाई विश्वच्याम्पियन बनाएपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मेस्सीले भने, ‘होइन, म राष्ट्रिय टोलिबाट सन्यास लिने छैन। अर्जेन्टिनाको जर्सीमा विश्वच्याम्पियनको रुपमा खेलिरहन चाहन्छु।’

३५ वर्षीय मेस्सी सर्वाधिक विश्वकप खेल्ने खेलाडी बनेका छन्। विश्वकपमै दुई पटक गोल्डेन बल जित्ने उनी पहिलो खेलाडी हुन्। यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले गोल्डेन बल जितेका थिए।

Public Patra Insert into Post

यसअघि यो विश्वकप आफ्नो अन्तिम हुने बताएका मेस्सीले विश्वकपसँगै सन्यास लिन सक्ने अनुमान गरिएको थियो। ती अनुमानविपरीत मेस्सीले अझै खेल्ने बताएका हुन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2