डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच सहमतिको प्रयास जारी,आज पुनः बैठक बस्दै

 पुष ०५, २०७

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता बन्ने दौडमा रहेका संस्थापनइतरका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच सहमतिको प्रयास जारी छ ।अहिले केही समयमै यो पक्षको बैठक बस्दै छ । हिजो दिनभर भएको सहमतिको प्रयास असफल भएपछि पुनः बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज उमेदवारी दर्ताको कार्यतालिका रहेको छ । निर्वाचन समितिले उमेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । भोलि निर्वाचन हुँदै छ ।

Public Patra Insert into Post

महामन्त्री थापाले मंसिर ४ गते भएको निर्वाचनमा आगामी सरकारको प्रधानमन्त्रीको उमेदवार भनेर भोट मागेका थिए । उता, कोइराला पार्टीको गत महाधिवेशनमा संस्थापनइतरको नेतृत्व गर्दै सभापति पदका लागि देउवासँग प्रतिस्पर्धा गरेका थिए ।

संसदीय दलको नेता बन्न दुवैले दाबी गरेपछि १५ औँ महाधिवेशनलाई पनि दृश्यमा राखेर अघि बढ्न नेताहरूले सुझाव दिएका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2