शेखर समूहमा जुट्यो सहमति,संसदीय दलमा शेरबहादुर देउवा र गगन थापाको भिडन्त

 पुष ०५, २०७

नेपाली कांग्रेसकाे संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले संसदीय दलकाे नेतामा उम्मेदवारी दिने भएका छन् । शेखर–गगन समूहकाे भेलाले महामन्त्री थापालाई उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेकाे हाे ।

डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए ।

Public Patra Insert into Post

अब थापाले संसदीय दलकाे नेताका लागि सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नेछन् । आज दिउँसाे २ बजेदेखि ३ बजेसम्म मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ ।

बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने कांग्रेसकाे विधानमा उल्लेख छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2