शेर बहादुर देउवाको नाम प्रस्तावकमा देख्ने मन छ- महामन्त्री शर्मा

 पुष ०५, २०७

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सभापति शेर बहादुर देउवाको नाम संसदिय दलको नेतामा नभई प्रस्तावकमा देख्ने मन रहेको बताउनु भएको छ ।

नेपाल ट्रेड कांग्रेसका जिल्ला एवं आबद्ध संघका अध्यक्षहरुको विशेष भेलालाई सम्बोधन गर्नुहुदै यस्तो विचार राख्नुभएको हो । महामन्त्री शर्माले भन्नुभयो- हाम्रा पार्टी सभापति शेर देउवाले धेरै राम्रा कामहरू गर्नुभएको छ तर धेरै पटक प्रधानमन्त्री भएर पनि पुनः संसदिय दलको नेतामा निर्वाचन लड्ने कुराले उहाँले गर्नुभएको सबै राम्रा कामहरू छोपिएको छ त्यसैले उहाँ संसदिय दलको नेता होईन अरुलाई प्रस्ताव गर्नुपर्छ ।

Public Patra Insert into Post

शर्माले संसदिय दलमा आफुले दावी नगरी रामचन्द्र पौडेल, शेखर कोईराला,प्रकाशमान सिंह, शशांक कोइरालालाई संसदिय दलको नेतामा प्रस्ताव गर्न आट गर्न सक्नु पर्ने उहाँहरुलाई पनि हुँदैन भने महामन्त्री गगन कुमार थापालाई सहयोग गर्नुपर्ने बताउनु भयो । शर्माले परिवर्तनकोलागी संसदिय दलको नेतामा गगन थापाको प्रस्तावक बन्ने स्पष्ट पार्नुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2