अभिनय कार्कीले २७ दिनमा पुरा गरे कालिञ्चोक देखि श्रीअन्तुसम्मको पैदल यात्रा

 पुष ०५, २०७

‘आजको योगदान, पर्यटनको प्रवर्द्धन’ भन्ने सन्देशलाई प्रवाह गर्दै गत मंसिर ६ गते दोलखाको कालिञ्चोकबाट यात्रा सुरू गरेका अभिनय कार्की २७ दिनमा (सोमबार) बिहान इलामको श्रीअन्तुमा पुगेका छन्।

‘कालिञ्चोकबाट सुरू भएको यात्रा खरिढुंगा हुँदै सिन्धुपाल्चोकको बाह्रबिसे, चौतारा, काभ्रेको जिरी किलोबाट धुलिखेलसम्म र काभ्रेबाट बिपी राजमार्ग हुँदै हिडेर सिन्धुलीगढी, मदन राजमार्ग हुँदै उदयपुर, इटहरी, झापा हुँदै इलाम पुगेको बताए।

Public Patra Insert into Post

‘मोटिभेसन फ्रम द सिचुएशन’ अर्थात् परिस्थिति बाटै प्रेरणा नामक शीर्षक दिइएको अभिनयको यो यात्रा तेस्रो हो।

यसअघि उनले २०७७ साल फाल्गुनमा विश्वभर सुख, शान्ती, समृद्धि र राष्ट्रिय एकताको कामना गर्दै नेपालसहित सयभन्दा बढी देशहरूको राष्ट्रिय झण्डा बोकेर नेपालको पुर्वमेचीदेखि पश्चिम महाकालीसम्म लगातार ३७ दिन एक्लै हिडेर पैदल यात्रा सम्पन्न गरेका थिए।

त्यस्तै, गत वर्ष  ‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुव्र्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणको लागि युवाहरू एकजुट बनौँ’ भन्ने सन्देश सहित साइकलको माध्यमबाट १९९ दिनमा देशका सबै जिल्लाहरू भ्रमण गरेका थिए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2