मतदानस्थलमा मोबाइल लैजान पाउने, नपाउने विवादले मतदान अझै सुरू भएन

 पुष ०६, २०७

मतदानस्थलमा मोबाइल लैजान पाउने, नपाउने विवादले बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई अझै सुरू भएको छैन।निर्वाचनका केही प्रक्रिया मिलाउन बाँकी रहेकोले मतदान सुरू गर्न ढिला भएको निर्वाचन समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिए।

‘निर्वाचनमा मोबाइल लैजान पाउने/नपाउने, कस्तोलाई बदर मत मान्ने लगायत सहमति जुट्न बाँकि छ’, उनले भने,‘निर्वाचनका केही प्रक्रिया मिलाउन बाँकी रहेकोले मतदान सुरू हुन ढिला भएको हो।’

Public Patra Insert into Post

कांग्रेस संसदीय दल विधानले गोप्य मतदानको व्यवस्था गरेको छ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । मतगणना र परिणाम सार्वजनिक आजै हुनेछ ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2