काँग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा विजयी

 पुष ०६, २०७

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले महामन्त्री गगन थापालाई पराजित गर्दै संसदीय दलको नेतामा विजयी भएका हुन् ।

८९ मत रहेको कांग्रेस संसदीय दलमा देउवाले ६४ मत पाए भने थापाले २५ मत मात्र पाएका छन् । बुधबार बिहान सम्पन्न मतदानमा सबै ८९ मत खसेको थियो ।

Public Patra Insert into Post

कांग्रेसका ८८ सांसदले सिंहदरबार स्थित कांग्रेस संसदीय दलबाट मतदान गरेका थिए भने सुत्केरी भएर अस्पतालमा रहेकी एक सांसद माया राइलाई निर्वाचन समितिका कमर्चारी अस्पतालमै पुगेर मतदान गराएका थिए ।

यस अघि पाँचौं पटक प्रधानमन्त्री बनिसकेका कांग्रेसका सभापति शेरबहादुर देउवा योसहित छैठौ पटक संसदीय दलको नेता निर्वाचित भएका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2