उत्पादकत्व वृद्धिकालागी स्वस्थ औद्योगिक सम्बन्ध- मन्त्री बडु

 पुष ०६, २०७

ललितपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले स्वस्थ औद्योगिक सम्बन्धले उत्पादकत्व वृद्धि हुने बताउनु भएको छ । बुधबार नेपाल ट्रेड युनियन कांग्रेसले जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जिलाफ ) को सहयोगमा आयोजना गरेको औद्योगिक सम्बन्ध तथा श्रम नीति सम्मेलनमा सम्बोधन गर्नु हुँदै यस्तो धारणा राख्नु भएको हो ।

मन्त्री बडुले आजको चुनौती अर्थतन्त्रलाई मजबुत बनाउने रहेको बताउनु हुँदै लगानी आकर्षित , उत्पादकत्व वृद्धि र उद्योग विकासकोलागी सबै पक्षले असल औद्योगिक सम्बन्धमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपालकालागी जापानी राजदुत किकुता युतकाले नेपाललाई विकसित मुलुकमा पुर्याउने लक्ष्य प्राप्तिकालागी आर्थिक अवस्था राम्रो बनाउन जरूरी रहेको बताउनुभयो ।

Public Patra Insert into Post

उहाँले जापान-नेपालबीच अन्तर्राष्ट्रिय विद्यार्थी अदानप्रदान भएको १२० औं वर्ष पुगेको स्मरण गराउनु हुँदै आगामी दिनमा जापानमा नेपालका श्रमिक राम्रोसँग काम गर्न सक्ने वातावरण अझ सुनिश्चित गर्नु महत्त्वपूर्ण हुने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ऎन कानुन जति राम्रो भए पनि कार्यान्वयनमा इमानदार भएन भने औद्योगिक सम्बन्ध राम्रो नहुने बताउनु हुँदै ट्रेड युनियनहरु औद्योगिक सम्बन्ध मजबुत बनाउन जहिले लचकता भए पनि रोजगारदाता गम्भीर नभएकोले राज्यले विशेष ध्यान पुर्याउन आग्रह गर्नुभयो ।

जिलाफका अध्यक्ष यसुनोबु अइहराले श्रम बजार र श्रमिकको समस्या समाधान गर्न तिनै पक्ष मिल्नुपर्ने र त्यसमा ट्रेड युनियनको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । आइएलओ नेपालका कार्यवाहक निर्देशक फ्रेडिले कोरोना महामारीमा लाखौ श्रमिक बेरोजगार भएको बताउनु हुँदै जलवायु परिवर्तन, असमानता र अनौपचारिकिकरण श्रमिकको चुनौती भएको धारणा राख्नुभयो ।

ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादव, जिफण्टका उपाध्यक्ष विदुर कार्कीले श्रम ऐनको कार्यान्वयनमा व्यवस्थापक र राज्य गम्भीर नहुँदा औद्योगिक सम्बन्धमा केही समस्या देखिएको र त्यसलाई संवादबाट समाधान गर्नुपर्ने बताउनुभयो । उद्योग वाणिज्य महासंघका प्रतिनिधि गोकर्णराज अवस्थिले असल औद्योगिक सम्बन्धकालागी उद्योग वाणिज्य महासंघ प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा जापान र नेपालको औद्योगिक सम्बन्धको अवस्था, सामाजिक सुरक्षाबारे कार्यपत्र प्रस्तुत हुनाकासाथै औद्योगिक सम्बन्ध सुधारकालागी योजना निर्माण समेत भएको ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न ट्रेड युनियन, रोजगारदाता, नेपाल सरकार, जापान सरकार , आइएलओ एवं जिलाफका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

ट्रेड युनियन कांग्रेसले जिलाफको सहयोगमा विगत दशौ वर्षदेखी नौ जिल्लामा निशुल्क ब्रीज स्कुल एवं निशुल्क विविध स्वरोजगारमुलक तालीम संचालन गर्दै आएको र यस परियोजनाबाट हजारौं श्रमिक लाभान्वित भएको ट्रेड युनियन कांग्रेसका उपमहासचिव एवं जिलाफका फोकल पर्सन गणेश के.सि.ले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2