काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो,त्रिभुवन विमानस्थलमा उडान प्रभावित

 पुष ०७, २०७

काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ। सधै बिहानै पारिलो घाम लाग्ने काठमाडौं उपत्यकामा आज हुस्सुले गर्दा केही अँध्यारो देखिएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसनर काठमाडौंमा बिहानैदेखि लागेको बादल र कुहिरो दिउँसो खुल्नेछ। कुहिरो र बादल लागे पनि वर्षाको कुनै सम्भावना नरहेको उनले बताइन् ।

Public Patra Insert into Post

कुहिरो लागेर भिजिविलिटी कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सहरूको उडान तथा अवतरण प्रभावित भएको छ ।

त्रिभुवन अन्तरार्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार न्यून भिजिविलिटीमा उडान तथा अवरण रोकिएका छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार खराब मौसमका कारण आन्तरिकतर्फको उडान पनि ठप्प  भने अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ। मौसम खुलेपछि मात्रै उडान अवतरण सुरू हुने उनले जानकारी दिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2