नेपाललाई श्रीलंका हुनबाट श्रमिकले बचाएको हो – श्रमिक नेता यादव

 पुष ०७, २०७

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले नेपाललाई श्रीलंका हुनबाट श्रमिकले बचाएको बताउनु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस, वैदेशिक रोजगार तथा आप्रवासन विभागले बिहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राख्नुभएको हो ।

विदेशबाट युवाहरूले रेमिट्यान्स पठाएकोले ध्वस्त भएको अर्थतन्त्रलाई बचाएर श्रीलंका हुनबाट जोगाएको उहाँको तर्क थियो । यसैगरी विभिन्न मुलुकमा पसिना बगाएर देशको अर्थतन्त्र धान्ने युवाहरू उल्टै राज्यबाट अपहेलित भएको, युवा निर्यात गरि खाद्यान्न आयात गर्नुपर्ने परिस्थिति निर्माण गर्ने नेतालाई सुधार्न कार्यस्थलबाटै मतदान गर्न पाउनु पर्ने माग राख्नुभयो ।

Public Patra Insert into Post

कार्यस्थलबाट मतदान गर्ने अधिकार पाए नेताहरूलाई एकैछिनमा सुधार्ने उहाँको जिकिर थियो । उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको स्थानीय तहमा पञ्जिकरण गरि उनीहरुले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्नुपर्ने बताउनुभयो । उपाध्यक्ष नेत्र विक्रम थापाले युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने बताउनुभयो ।

ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङले वैदेशिक रोजगारीको राम्रा पक्षलाई मात्र ध्यान नदिई अध्यारो पक्षलाई समेत गम्भीर मनन गरि देशको दिगो विकास र आत्मनिर्भरकोलागी स्वदेशमै रोजगारी सृजना गर्न आजैबाट सबै पक्ष डटेर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वैदेशिक रोजगारी र श्रमिकको अवस्थाकोबारेमा ट्रेड युनियन कांग्रेस , वैदेशिक रोजगार तथा आप्रवासन विभागका सचिव लक्ष्मण अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम ट्रेड युनियन कांग्रेस , माईग्रेसन विभागका संयोजक जनकराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2