सिरियल किलर चार्ल्स शोभराज १९ वर्ष पछि जेलमुक्त

 पुष ०८, २०७

फ्रान्सेली नागरिक सिरियल किलर चार्ल्स शोभराज सर्वोच्च अदालतको बुधबारको आदेशसँगै आज जेलमुक्त भएका छन् ।सर्वोच्चले कारागार नियमावली २०२० को नियम २९ (२ क) अनुसार जेलमुक्त गर्न आदेश गरेको हो ।

उक्त नियमअनुसार ६५ वर्ष उमेर पुगेका कैदीहरूलाई असल चालचलनको आधार र गम्भीर प्रकारको रोग लागेमा ७५ प्रतिशत कैद काटिसकेका कैदीको कैद सजाय मिनाहा गर्न सकिने व्यवस्था छ ।

Public Patra Insert into Post

सोही कानुनी व्यवस्थाका आधारमा सर्वोच्चले उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स फर्काउन आदेश गरेको थियो ।फेरि नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भइरहेको हो ।

दुई अमेरिकी पर्यटकको हत्याको अभियोगमा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि शोभराजलाई सुन्धारा कारागारको गोलघरभित्र राखिएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2