पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा हुन कठिन छ-केपी शर्मा ओली

 पुष ०, २०७

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा हुन कठिन हुने बताएका छन् ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको एक कार्यक्रममा उनले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको बताए ।

Public Patra Insert into Post

‘पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाई लाग्छ उहाँले निर्णय गर्न ढिला गर्नुभयो’ उनले भने ।उनले भने, ‘…लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिंदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ ।

समयले नै त्यसको फल खाइदिन्छ । यदि तपाई‌ंले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनुहुन्न, बेच्न पनि पाउनुहुन्न । किनभने त्यो आफैं झरेर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हो, अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नुभएन ।’

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2