कस्तो अचम्मःआफ्नै आमा भन्दा छोरी ९ वर्ष जेठी

 पुष ०, २०७

कैलाली । ‘आमा भन्दा छोरीको उमेर बढी’ यो कुरा सुन्दा सबैलाई अचम्म लाग्छ । अहिले कैलाली भजनी नगरपालिका ९ गौवाकी जधिया डगौरा आफ्नी आमा भुधनी डगौरा भन्दा ९ वर्ष जेठी छन् ।

२०४१ चैत्र १० गते एकै दिन नागरिकता लिएका जधिया र भुधनी दुबै सहोदर आमा छोरी हुन् । तत्कालीन खैलाड ३ मा नरेन्द्र लाल श्रेष्ठको हस्ताक्षरमा उनीहरूले नागरिकता पाएका हुन् । उक्त नागरिकतामा छोरी जधिया डगौराको जन्म मिति २०१० र आमा भुधनी डगौराको जन्म मिति २०१९ उल्लेख गरिएको छ ।

Public Patra Insert into Post

यो नागरिकताको आधारमा आमाको भन्दा छोरीको ९ वर्ष उमेर बढी देखिन्छ । उनीहरूले ३८ वर्ष देखी आफ्नो नागरिकतामा भएको उमेरबारे केही जानकारी पाएनन् ।

नागरिकतामा आमा भन्दा आफू बढी उमेरको रहेको बारे उनी भन्छिन्, ‘अचम्म लाग्यो । हामीलाई यसमा के लेखेको छ भन्ने बारे थाहा भएन । कालो अक्षर भैँसी बराबर त हो’ उनले थपिन्, ‘फेरी नागरिकता पाएपछि खासै काम पनि भएन ।’

अहिले जधियाका नागरिकता अनुसार ६९ वर्ष पुगेको छ । उनले सामाजिक सुरक्षा भत्ता समेत पाउने गरेकी छन् । यता आमाको भने उमेर पुगेको छैन भन्दै भत्ता दिनबाट स्थानीय सरकार पन्छिरहेको छ ।

यहाँ यी दुई आमा छोरी बाहेक अन्यको नागरिकतामा पनि यस्ता गम्भीर त्रुटिहरू रहेको स्थानीय बताउँछन् ।

‘नागरिकतामा कसरी आमाको भन्दा छोरीको उमेर बढी लेखिन्छ त ?’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी भन्छन् ‘यो मानवीय त्रुटि हो ।’

नागरिकतामा जन्म मिति लेख्दा फरक परेको हुन सक्ने उनी बताउँछन् । ‘यस्तो समस्या अहिले पनि कहिले काहीँ आउने गरेको’ उनी भन्छन्, ‘अहिले टाइप गर्दा मिस्टेक भएजस्तै पहिले लेख्दा गल्ती भएको हुन सक्छ ।’

सूचना अधिकारी जोशीले जधिया डगौरा र भुधनी डगौराका पुराना कागजपत्र हेरेर नागरिकता सच्चाउन सकिने बताए ।नेपाल प्रेसमा समाचार छ। 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2