गठबन्धन टुट्यो,अब हाम्राे हातमा केही रहेन : रामचन्द्र पौडेल

 पुष १०, २०७

नेपाली कांग्रेसका वरिष्ठ  नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन् ।बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उनले पत्रकारहरूसँग गठबन्धन टुटेको बताएका हुन् ।

गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको उनले बताए ।

Public Patra Insert into Post

‘सरकार हाम्रो हातबाट बाहिर गयो । अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो’, पौडेलले भने ।  पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आएका थिए । गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो ।

‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन’, उनले भने ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2