माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगे

 पुष १०, २०७

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन्। नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठकमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङलगायतसहित बालकोट पुगेका हुन्।

पहिलो कार्यकालमा को प्रधानमन्त्री हुने भन्ने विषयमा सहमति हुन नसकेपछि  प्रचण्ड बैठक छोडेर बाहिरिएका हुन्।प्रचण्डअघि बालकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता अशोक राई पनि बालकोट पुगेका छन्।

Public Patra Insert into Post

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद अघि बढाएको हो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2