पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त,भोलि शपथ ग्रहण

 पुष १०, २०७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपासहितका दलहरुको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

Public Patra Insert into Post

प्रचण्ड यसअघि २०६५ पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।प्रचण्डले चर्चित रुक्मागत कटुवाल प्रकरणपछि २०६६ बैशाखमा राजीनामा दिएका थिए । त्यसपछि प्रचण्ड २०७३ साउन १९ गतेदेखि २०७४ जेठ १३ गतेसम्म दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।May be an image of text that says 'राष्ट्रपति भवन महाराजमऊ्ज, काठमाडी, नेपाल राष्ट्रपति मिति: २०७९ पुस १० विषय: प्रधानमन्त्री पदमा नियुक्ति श्री पुष्पकमल दाहाल "प्रचण्ड", माननीय सदस्य, प्रतिनिधि सभा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम तपाईलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको छु प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा हार्दिक बघाई सहित कार्यकालको सफलताको कामना गर्दकु 4u ਨਨਵaੀ विद्यादेवी भण्डारी) राष्ट्रपति'

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2