नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिदै

 पुष ११, २०७

काठमाडौं । आइतबार प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनेछिन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा अपराह्न ४ बजे शपथको कार्यक्रम तय गरिएको राष्ट्रपतिका स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए ।

Public Patra Insert into Post

सात राजनीतिक दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनसहित आइतबार दाबी पेस गरेपछि राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रचण्डले तत्कालिन कांग्रेससहितको गठबन्धनबाट प्रधानमन्त्री नपाउने भएपछि सो गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्दै प्रधानमन्त्री बनेका छन् । यस्तै आजै प्रचण्डले सानो आकारको मन्त्रीमण्ड बिस्तार गर्ने सम्भावना रहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2