काठमाडौं नाईट्सले दियो फार वेस्ट युनाईटेडलाई जितका लागि ९९ रनको लक्ष्य

 पुष ११, २०७

पहिलो संस्करणको नेपाल टी२० लिगको आजको पहिलो खेलमा काठमाडौं नाईट्सले फार वेस्ट युनाईटेडलाई जितका लागि ९९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको हो । काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ रनमा आउट भए ।

Public Patra Insert into Post

सन्तोष कार्कीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता फार वेस्टका लागि उमर अलिले ३ तथा हजमतुल्लाह शाहिदी,भुवन कार्कीले समान २र२ तथा शेर मल्लले १ विकेट लिए ।

पहिलो खेलमा जित निकालेको काठमाडौं आजको खेलमा जित निकादै लगातार दोस्रो जित निकाल्न चाहान्छ । काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।

काठमाडौं १ खेलमा २ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दोस्रो खेल खेल्न लागेको फार वेस्ट पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग पराजित भएको थियो ।

फार वेस्ट १ खेलमा अंक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

आज नै हुने दोस्रो खेलमा विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2