गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना, काठमाडौंमा तापक्रम निरन्तर घट्यो

 पुष १२, २०७

आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा भने सफा हुने महाशाखाले जनाएको छ ।

Public Patra Insert into Post

मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ ।

आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.४ मापन भएको छ । सोमबार यहाँको तापक्रम ५.५ रहेको छ । तापक्रम घटेसँग काठमाडौंमा जाडो महसुस हुन थालेको छ ।

हरेक दिन केही मात्रामा काठमाडौंको तापक्रम घटिरहेको मौसम विद्हरूले बताएका छन् ।
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2