आज काठमाडौंको यो वर्षकै चिसो, न्यूनतम तापक्रम ३.४ डिग्रीमा झर्‍यो

 पुष १३, २०७

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ।

मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापन अनुसार उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस छ।

Public Patra Insert into Post

हिजो मंगलबार साँझ ५.४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।

प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।प्रदेश १ को  हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु-कुहिरो लागिरहेको प्रधानाङ्गले बताए। उनका अनुसार मध्यान्न पछि मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ।

चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउन  महाशाखाले अनुरोध गरेको छ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2