सर्लाहीको मलङ्गवाको प्रादेशिक अस्पतालमा शिशुलाई जन्म दिएर आमा फरार

 पुष १३, २०७

काठमाडौं : सर्लाहीको मलङ्गवाको प्रादेशिक अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।

सोमबार दिउँसो अस्पताल आएकी एक गर्भवती महिला छोरालाई जन्म दिएर फरार भएकी छन्। सोमबार दिउँसो पेट दुखेको भन्दै अस्पताल आएकी उनको चेकजाँच गर्दा निज गर्भवती रहेको खुल्न आएको थियो।

Public Patra Insert into Post

चिकित्सकको सल्लाहका निजलाई प्रसुती शाखामा भर्ना गरिएको र भर्ना भएको केहि समयमै छोरा जन्माएकी उनी नवजात शिशुलाई अस्पतालमै छाडेर फरार भएकी हुन् ।नवजात शिशुलाई अस्पताल परिसरमा रहेको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा राखिएको छ।

​ नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा नवलकिशोर झाले बताए। अवैध सम्बन्धका कारण शिशुको जन्म भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान र आमाको खोजी भइरहेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2