नेपाली काँग्रेस शेखर कोइराला समूह छलफलमा

 पुष १३, २०७

काठमाडौं । नेपाली काँग्रेसको शेखर कोइराला समूह पार्टीको आगामी रणनीति तय गर्न छलफलमा जुटेको छ । कांग्रेसभित्र देखापरेको पछिल्लो संकटबारे छलफल गर्न डा. शेखर कोइराला र महामन्त्री गगन थापासहितका नेताहरु छलफलमा जुटेका हुन् ।

उनीहरु बालुवाटारस्थित कोइराला समुहको सम्पर्क कार्यालयमा छलफलमा जुटेका हुन् । बैठकमा उपसभापति धनराज गुरुङ, मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायतका नेताहरु सहभागी छन् ।

Public Patra Insert into Post

सभापति शेरबहादुर देउवाले आगामी शुक्रबार निर्वाचनको समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न केन्द्रीय समितिको बैठकको बैठक बोलाएका छन् ।

केन्द्रीय समितिको बैठकमा आफ्नो समुह कसरी प्रस्तुत हुने भन्ने बारेमा अहिले छलफल भइरहेको एक केन्द्रीय सदस्यले खरीबोटलाई जानकारी दिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2