फेसबुकबाट महिलाको चरित्र हत्या गर्ने भक्तपुरका युवक पक्राउ

 पुष १४, २०७

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका –९ बस्ने २५ वर्षीय सुमन त्योछिन रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्बिरमा पीडितको टाउको जोडी पीडितका आफन्त तथा साथीहरूले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा अश्लिल तस्बिर पठाएपछि उनलाई पक्राउ गरिएको साइबर व्यूरोले जनाएको छ।

Public Patra Insert into Post

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2