एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया

 पुष १४, २०७

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा एमाले केन्द्रीय सदस्य जगन्नाथ (जे.एन) थपलिया चयन भएका छन् । हेटौँडा १०, स्थित प्रदेशसभा भवनमा रहेको दलको कार्यालयमा बसेको बैठकले थपलियालाई दलको नेताका रूपमा चयन गरेको

बैठकअघि भएको सहमति प्रयासमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पार्टी स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्य आनन्द पोख्रेल र केन्द्रीय सदस्य रामेश्वर रानाले थपलियालाई दलको नेता बनाउने बारे निर्णय सुनाएका थिए ।

Public Patra Insert into Post

चितवन क्षेत्र नम्बर १(१) बाट विजयी थपलियालाई संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2