समाजसेवी भरत पराजुलीद्वारा मांखाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

 पुष १५, २०७

बलेफी ।  बलेफी गाउँपालिका –६  माङ्खामा समासेवी तथा एमालेका नेता भरत पराजुलीको सहयोगमा ३ सय भन्दा बढी ‘ज्येष्ठ नागरिकहरूलाई  न्यानो कपडा वितरण गरिएको छ। नेकपा एमाले  वडा कमिटीको आयोजनामा नेता पराजुलीले सो न्यानो कपडा (ज्याकेट )को  व्यवस्थापकीय सहयोग गर्नु भएको हो ।

देश भर  चिसो बढेसंगै  तथा आर्थिक रुपमा कम्जोर तथा असक्त असहाय नागरिकहरूलाई सम्मानको लागि न्यानो कपडा (ज्याकेट) वितरण गरिएको आयोजकले जनाएको छ ।

Public Patra Insert into Post

बिगत  लामो समय देखि समासेवामा अग्रसर पराजुलीले यस पटक ३ सय भन्दा बढी व्यक्तिहरुलाई उक्त्त न्यानो कपडाको ब्यबस्थापन गर्नु भएको छ ।कार्यक्रमका बिचमा  मन्तव्य दिदै पराजुलीले भन्नु भयो , ‘सकुन्जेल हामीलाई सहयोग गर्नुभयो, उत्प्रेरणा दिनु भयो , अव हामीले उहाँहरूलाई सहयोग गर्नुपर्छ भन्ने लागेर यो कार्यक्रम गरिएको हो ।’ आफूसँग पैसा भएर पनि सुविधा लिन नसक्ने अवस्था भएका र परिवारका सदस्यहरू साथमा नभएका  ज्येष्ठ नागरिकहरूको समस्यालाइ मध्य नजर गर्दै आफूले केही लगानी गरेको समाज सेवी  पराजुलीले बत्ताउनुभयो ।

नेकपा एमालेले विभिन्न लक्षित समुदायहरूका लागी यस्ता सिर्जनात्मक कामहरू गर्दै आएको र यसलाई ठाउँ अवस्था अनुसार निरन्तरता दिँदै जाने पार्टी जिल्ला कमिटीका अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो ।

यसै गरि स्थानीय सङ्घ तथा प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद सहित ज्येष्ठ नागरिकलाई सम्मान दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको एमाले  बलेफी–६ का वडा कमिटीका अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2