चलचित्र ‘आँधी तुफान २’ माघ २७ गतेदेखि रिलिज हुने

 पुष १६, २०७

नारिप्रधान चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । सिनेमा ‘आँधी तुफान २’ गत साउन २० गतेबाट प्रदर्शनमा आउने सम्पुर्ण तयारी भैसकेको थियो तर अन्तिम समयमा आएर पोस्टपोन्ड भएको थियो।

चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको हो ।

Public Patra Insert into Post

२०६३ सालमा निर्माण भएको महेन्द्र बुढाथोकी निर्देशित,पुजना प्रधान, ऋचा घिमिरे, रञ्जु लामिछाने, विक्रान्त बस्नेत, राजेश ढुंगाना मुख्य भूमिका रहेको चलचित्र ‘आँधी तुफान’ सुपरहिट भएको थियो ।

यस चलचित्रमा सञ्जित भण्डारी, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, रूपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला लगायतको अभिनय छ ।

मदन घिमिरे निर्देशित चलचित्रमा छायांकन रामशरण उप्रती, नृत्य कमल राई र अभि वाग्ले, संगीत सुरेश अधिकारी र विक्रम थापा, शब्द रचना हरि उपे्रती र दीपेन्द्र खड्काको छ भने विनुसा राई र अर्जुन लिम्बुको स्वर छ । प्रेम चुल्ठेको द्वन्द्व निर्देशन रहेको चलचित्रमा मन्दिल श्रेष्ठको सम्पादन छ ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2