माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल सर्वसम्मत

 पुष १६, २०७

काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशसभा संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।शनिबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले जम्मकट्टेललाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो ।

माओवादीको बागमती प्रदेशसभा संसदीय दलको नेतामा जम्मकट्टेलसँगै गंगा श्रेष्ठ, सरल सहयात्री पौडेल र युवराज दुलाल पनि आकांक्षी थिए ।संसदीय दलको नेताका आकांक्षी सरल सहयात्री पौडेल बैठकमा नेताहरुले चुनावको सट्टा सर्वसम्मत गर्ने नाममा जबरजस्ती गर्न खोजपछि  बैठक छोडेर हिँडेका थिए ।

Public Patra Insert into Post

उनले फेसबुकमा स्टाटस लेख्दै जम्मकट्टेलले छिर्के लगाएर दलको नेता जितेको आरोप लगाएका छन् । ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिदैन । जबसम्म मन जितिदैन केही पनि जितिदैन । म हरेक पटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउदै कुदिरहेको धावक हुँ´ उनले फेसबुकमा लेखेका छन् ।

अन्तिममा जम्मकट्टेल सर्वसम्मतिबाट नेता चयन भएका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2