जलवायु परिवर्तनबारे ट्रेड युनियनहरुको चासो

 पुष १७, २०७

पोखरा । नेपालका ठुला तीन ट्रेड युनियनहरुले जलवायु परिवर्तनबारे गम्भीर चासो व्यक्त गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस,जिफण्ट र अन्टुफले जलवायु परिवर्तनको प्रत्यक्ष असर श्रमिकलाई परेको भन्दै चासो व्यक्त गरेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ, नेपाल आबद्ध परिषद् ( आईटियुसी न्याक ) आबद्ध तीन ट्रेड युनियन महासंघहरुले गत विहिबार र शुक्रबार पोखरामा पर्यटन क्षेत्रको रोजगारीमा जलवायु परिवर्तनको असर र न्यायोचित रुपान्तरण गोष्ठी आयोजना गरि ट्रेड युनियनको मुख्य चासोको विषय भएको पुष्टि गरेको हो । कार्यक्रममा जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले जलवायु परिवर्तनको असरले श्रमिकको रोजगारी नै गुम्ने अवस्था आएकोले चासोको विषय बनेको विचार राख्नुभयो ।

Public Patra Insert into Post

श्रेष्ठले जलवायु परिवर्तनको प्रत्यक्ष असर श्रमिक वर्गलाई पर्ने भएकोले सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । अन्टुफका अध्यक्ष जगत सिंखडाले जलवायु परिवर्तन न्यूनीकरणकोलागी सबै पक्ष सचेत हुनुपर्ने बताउनु हुँदै हरितगृह ग्यास उत्सर्जन गर्ने ठुला राष्ट्रहरूलाई जिम्मेवार बनाउन नेपालले जोडदार आवाज उठाउनुपर्ने विचार राख्नुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले जलवायु परिवर्तन न्यूनीकरणको उपाय भनेकै कार्बन उत्सर्जन कम गराउने र त्यसकोलागी हरित अर्थतन्त्रमा जानुको विकल्प नरहेको र हरित अर्थतन्त्रमा जादा श्रमिकको रोजगारी , सीप र सामाजिक सुरक्षाको ग्यारेण्टी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पर्यटन क्षेत्रमा कार्यरत श्रमिक एवं ट्रेड युनियन नेतृत्व सहभागी थिए ।

कार्यक्रमका सहभागीहरुले हिमालमा धेरै परिवर्तन आएको र यस्तै अवस्था रहिरहे पर्यटन रोजगारीको अस्तित्व नै लोप हुने चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङ, जिफन्टका उपाध्यक्ष विदुर कार्की र महासचिव लक्ष्मण शर्माले जलवायु परिवर्तन , न्यायोचित रुपान्तरण, ग्रीन जब, जलवायु परिवर्तन न्यूनीकरणमा ट्रेड युनियनहरुको भावी योजनाबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम आईटियुसी न्याकको आयोजनामा न्याकका गण्डकी प्रदेस अध्यक्ष एवं ट्रेड युनियन कांग्रेस गण्डकी अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न भएकोथियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2