नेपाल टी२० लिग अन्तर्गत लुम्बिनीद्वारा विराटनगरलाई १२३ रनको लक्ष्य

 पुष १७, २०७

नेपाल टी२० लिग अन्तर्गत आज आइतबार जारी दोस्रो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङलाई १२३ रनको लक्ष्य दिएको छ ।

त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

Public Patra Insert into Post

लुम्बिनीका लागि कपतान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रन बनाए । कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३ रनमा आउट भए ।

विराटनगरका लागि विवेक यादव, सुर्य तामाङ र नन्दन यादवले समान २ विकेट लिए । कियोन जोसेफ र राज नाननले समान १ विकेट लिए ।

६ खेल खेलेर ५ जित हात पारेको लुम्बिनी छैठौं जितको खोजीमा रहेको छ । लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।

५ खेल खेलेर २ जित हात पारेको विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । विराटनगर ५ खेलमा ४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

यही संस्करणको पहिलो भेटमा लुम्बिनीले विराटनगरलाई ३ रनले पराजित गरेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2