फ्रेन्च लिग वान फुटबलमा पिएसजीले लेन्ससँग हार्यो

 पुष १८, २०७

फ्रेन्च लिग वान फुटबलमा पिएसजीले यस सिजनको पहिलो हार बेहोरेको छ ।

आइतबार राति सम्पन्न भएको खेलमा पाहुना टोली पिएसजी लेन्ससँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

Public Patra Insert into Post

लेन्सको जितमा फ्रयांकोव्सकी, लोइस ओपनडा र एलेक्सिस माउराइसले एक एक गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि हुगो एकिटिकले एक गोल गरेका थिए ।

यो खेलमा स्टार फरवार्ड द्धय नेयमार मेस्सी खेलेका थिएनन् । नेयमार सातो कार्डका कारण प्रतिबन्धमा छन् भने मेस्सी छुट्टीमा रहेका छन् ।

उक्त जितसँगै लेन्सको १७ खेलमा ४० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । लेन्स शिर्ष स्थानमा रहेको पिएसजी भन्दा ४ अंकले पछाडी रहेको छ । यता पराजित पिएसजीको १७ खेलमा ४४ अंक रहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2