लुम्बिनी अलस्टार्सले प्रतियोगितामा सातौं जित हात पारे

 पुष १, २०७

जनकपुर रोयल्सलाई ५ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले प्रतियोगितामा सातौं जित हात पारेको छ ।

त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीविरद्ध जितका लागि १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले अन्तिम बलमा ६ रन बनाउनु पर्ने थियो ।

Public Patra Insert into Post

तर किशोर महतोले अन्तिम बल योर्कर फाल्दै चादविक वाल्टनलाई कुनै रन बनाउन दिएनन् । र खेल लुम्बिनीले ५ विकेटले जित्यो । वाल्टन ५९ रनमा नट आउट रहे ।

ओपनरद्वय त्रिवोन ग्रिफित र सराफुदिन असरफका साथै सन्दीप जोरा समान २६ रन बनाउँदै आउट भए । सिमुल्लाह सिलवारी १८ रनमा रनआउट भए ।

लुम्बिनीका ओपनर हर्मीतसिंहले सर्वाधिक ७३ रनको इनिङ खेले । उनले ४७ बलमा ५ चौका र ६ छक्का प्रहार गरेर आउट भएका थिए ।

कुशल भुर्तेल १७ रनमा आउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरीले १४ रन बनाए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2